तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर झापा गोल्ड कप : आयोजक सेमिफाइनलमा

झापा । आयोजक भद्रपुर ब्लेजर्स दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको पहिलो क्वाटर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल लगायो । खेलको ७२ ओैँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए भने ७४ ओैँ मिनेटमा पेनाल्टीमा एक गोल थप्दै भद्रपुरले अग्रता दोब्बर बनायो । आशिष चापागाईँलाई पुलिसका मानबहादुर परियारले पेनाल्टी एरियामा फाउल गरेपछि मिलन राईले अवसरको सदुपयोग गरे । दोस्रो हाफको अतिरिक्त समयमा पुलिसले एक गोल फर्कायो ।

प्लेयर अफ द म्याच गोलकर्ता मिलन राई घोषित भए । उनले नगद २१ हजारसहित ट्रफि पाए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button