तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा बृहत् स्वास्थ्य शिविर सुरु 

भोजपुर । नागरिकलाई घरदैलोमा नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ भोजपुरमा दुई दिने विशेषज्ञ स्वास्थ्य शिविरको सुरु भएको छ । 

निजामती कर्मचारी श्रीमती संघ केन्द्रिय कार्यालय अनामनगरको आयोजनामा सदरमुकाममा रहेको विद्योदय माध्यमिक विद्यालयमा फागुन ९ र १० गते बृहत् स्वास्थ्य शिविर सुरु भएको हो ।

दुई दिनसम्म सञ्चालन हुने शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने निजामती कर्मचारी श्रीमती संघ केन्द्रिय उपाध्यक्ष राधा ज्ञवालीले बताउनुभयो । 

शिविरमा दक्ष स्वास्थ्यकर्मीहरूबाट सामान्य चिकित्सा सेवा, छाला तथा यौनरोग सेवा, आँखा रोग सम्बन्धी सेवा, दन्त रोग, बालरोग, नाक, कान घाँटी रोग, हाडजोर्नी सेवा, मृगौला रोग तथा प्रोष्टेड सम्बन्धी सेवा,  प्रसूति तथा स्त्रीरोग, आङ खस्ने रोगको इस्क्रीनिङ, पाठेघरको मुखको क्यान्सर सम्बन्धी (भि.आई.ए.) सम्बन्धी सेवा प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button