कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०८२ मा हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा तालिका अनुसार वैशाख ११गतेदेखि परीक्षा सुरु हुनेछ ।पहिलो दिन नियमित तर्फको अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने बोर्डले जनाएको छ ।
बोर्डले साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार परीक्षा वैशाख २४ गतेसम्म चल्नेछ ।
परीक्षा सुरु हुनुभन्दा घण्टा उपस्थित हुनुपर्ने र परीक्षा सुरु भएको १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले नीति लिएको छ ।
परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म हुनेछ ।
परीक्षामा मोबाइल फोन, स्मार्ट घडी, र अन्य इलेक्ट्रोनिक्स उपकरण ल्याउन निषेध गरिएको बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि माघ ३० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने समय तोकेको थियो ।
परीक्षा तालिका सार्वजनिक भएसँगै विद्यार्थीहरूलाई तयारीमा ध्यान दिन बोर्डले आह्वान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्