बाल विवाह कानूनी अपराध भएकाले यसको नियन्त्रण आवश्यक : मुख्यमन्त्री कार्की
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/md-1-1024x584.jpg)
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएकाले यसको नियन्त्रणमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।
जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित ‘बाल विवाह विरुद्ध प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री कार्कीले बाल विवाहबाट मानसिक एवं शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकोले यसलाई रोक्नु आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले बाल विवाहको अन्त्य एवं नियन्त्रण गर्न अभियानको रुपमा नीति तथा कानूनी प्रबन्ध मिलाएर प्रदेश सरकार अघि बढेकाले यो कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कतिपय दुर्गम स्थान एवं पहाडी परेका वर्गमा यो समस्या विद्यमान रुपमा देखिएकोले यसको नियन्त्रण गर्न सुरक्षा निकाय एवं नागरिक समाज तथा विभिन्न सङ्घसंस्था क्रियाशील हुन जरुरी रहेको उहाँको भनाई थियो ।
हस्ताक्षर कार्यक्रममा सामाजिक अभियन्ता बालकृष्ण पाण्डे, डा गंगाधर अधिकारी लगायतले अन्य ६ वटा प्रदेशमा बाल विवाह विरुद्ध प्रतिबद्धता हस्ताक्षर अभियान सञ्चालन भइसकेको जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्