राराको ऐतिहासिक ढुङ्गेधारा संरक्षण अभावमा जीर्ण बन्दै
मुगु । रारा ताल नजिकैको मुख्य बाटो छेउमा रहेको ऐतिहासिक ढुङ्गेधारा संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। स्थानीय बासिन्दाहरूको भनाइ अनुसार यो ढुङ्गे धारा हजारौँ वर्ष पुरानो मानिन्छ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/IMG20250209151116-1-1024x578.jpg)
स्थानीय बुढापाकाको भनाइ अनुसार यो ढुङ्गे धारा भीमसेन थापाको पालामा निर्माण गरिएको बताइन्छ। २०३२ सालमा रारालाई निकुञ्ज घोषणा गरेपछि रडाले र छप्राल बस्तीलाई २०३५ सालमा बाँकेको चिसापानी सारिएको थियो ।
रडाले र छप्राले बासीले पानी खाने यो ऐतिहासिक ढुङ्गे धारा हाल पानीको स्रोत सुक्दै गएपछि प्रयोग विहीन जस्तै भएको छ।
ढुङ्गाको संरचना जस्ता त्यस्तै भएपनि धारा वरिपरिको व्यवस्थापन उचित तरिका बाट हुन नसकेको राराका पर्यटन व्यवसायी बृखबहादुर रोकाया बताउनु हुन्छ । उहाँका अनुसार “पहिले पानी सुकिसकेको भएपनि पूजाआजा गरेपछि थोरै भएपनि पानी आउन थालेको छ ” ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/IMG20250209151336-1024x578.jpg)
यस ऐतिहासिक सम्पदाको उचित संरक्षण र पुनर्निर्माणको पहल नहुँदा यसको ऐतिहासिक महत्व हराउँदै गएको स्थानीयहरूले बताएका छन्। सम्बन्धित निकायले समयमा नै संरक्षणको काम नगरे यसले ऐतिहासिक सम्पदामाथि गम्भीर क्षति पुर्याउने स्थानीयको चिन्ता छ।
प्रतिक्रिया राख्नुहोस्