तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता बिहिन सुस्ताबासीलाई स्थानिय तहको सिफारिसमा विद्युत मिटर

नवलपरासी,सुस्ता।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नागरिकता नभएका सुस्तावासीलाई बसोबासका आधारमा स्थानीय तहको सिफारिसमा विद्युत् मिटर उपलब्ध गराउन निर्देशन दिनु भएको छ ।

नागरिकता नभएकै कारण लामो समयपछि बिजुली पुगेको सुस्तामा त्यहाँका कयौँ घरधुरीले बत्ती बाल्न पाएका छैनन् ।नागरिकता बिना विद्युत् मिटर जडानको सिफारिस नहुने हुँदा मिटर जडान हुन बाट उनीहरू वञ्चित हुँदै आएका छन् ।कतिपय सँग जगाको लालपुर्जा समेत नहुँदा व्यापार गर्न समेत पाएका छैनन् ।

लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार(सन्तु),सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवाल लगायतको प्रतिनिधि मण्डल काठमाडौँ पुगेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएको छ ।

मन्त्री देवकरण कलवार(सन्तु) ले निर्देशक घिसिङ लाई सुस्ताका नागरिकता विहीनहरूले विद्युत् सम्म जडान गर्न नपाएकाले बसाई प्रमाणितका आधारमा स्थानीय तहको सिफारिसले बत्ती पाल्न पाउने व्यवस्था मिलाइदिन आग्रह गरिएको बताउनु भयो ।

ज्ञापनपत्र बुझे लगत्तै कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयलाई सोही आधारमा मिटर उपलब्ध गराउन सहजीकरण गरिदिन निर्देशन दिनुभएको हो ।

“हामीले निकै पहल गर्‍यौ,कुलमान जि ले तत्कालै निर्देशन गर्नु भो,अब पक्कै सुस्तावासीले बिजुली बाल्न पाउने छन् भन्ने विश्वास छ”मन्त्री कलवारले भन्नू भयो ।

विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरि प्रसाद पाण्डेले मिटर जडानका लागि स्थानीय तहको सिफारिसका आधारमा मिटर उपलब्ध गराउन निर्देशन भएको जानकारी दिनुभयो ।

“लुम्बिनी प्रदेशका बन मन्त्रीको नेतृत्व मा काठमाडौँ जानू भएको रहेछ ,हामीले यहाँ बाट टिप्पणी उठाएर पठाएका पनि थियौँ त्यसपछि निर्देशक जिले मलाई फोन गरेर पनि भन्नू भएको छ र पत्र पनि आएको छ अब सोही अनुरुप हामीले व्यवस्था मिलाउँछौ”पाण्डेले रेडियो नेपाल सँग भन्नू भयो ।

सुस्ताका झण्डै १४० घर परिवार सँग नागरिकता नभएका कारण मिटर जडान हुन नसकेको सुस्ता बचाउ अभियानका प्रवक्ता जैसवालले बताउनु भयो ।

नागरिकता र जग्गाधनी पुर्जा नहुँदा थुप्रै कठिनाइ ब्योहोर्नु परेको र सुस्ताका हरेक विषयहरूमा सङ्घर्ष गर्नु पर्ने अवस्था रहेको जैसवालको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button