तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीति : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिएको बताउनुभएको छ ।

बुद्धभूमि जेसीजको सातौं पद हस्तान्तरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विधिको शासन स्थापित गर्न भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरेको बताउनुभयो । युवा पुस्ताले देशमा सम्भावना देख्नुपर्ने र सरकारले त्यस प्रकारका कामलाई अघि बढाएको समेत उहाँले बताउनुभयो ।

सुशासन, जबाफदेहिता र भ्रष्टाचार विरुद्ध सरकारले थालेका अभियानमा नागरिक स्तरबाट समेत सहभागिता जनाउन आह्वान गर्नभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button