जुम्लाका करिब ९ हजार बढी छात्राहरूलाई एचपीभी खोप दिइने
जुम्ला । जुम्लामा आगामी माघबाट २७ गतेबाट एचपीभी खोप अभियान अन्तर्गत आठ स्थानीय तहका झण्डै ९ हजार छात्रालाई पाठेघर मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिइने भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार एचपीभी खोप अभियान अभिमुखीकरण कार्यक्रममा जिल्लाका ८ हजार ८ सय २९ छात्राहरूलाई पाठेघर मुखको क्यान्सर विरुद्ध (एचपीभी) खोप दिइने छ ।
नेपाल सरकारको राष्ट्रिय खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।
पाठेघरमा (ह्युमन प्यापीलोमा भाइरस) ले महिलाको पाठेघरको मुखमा क्यान्सर गराउन सक्ने भएकोले त्यसबाट जोगाउन एचपीभी खोप अभियान सञ्चालन गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्