तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी डडेल्धुराको अध्यक्षमा ऐर

डडेल्धुरा । प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा महिला सञ्चारकर्मी लक्ष्मी ऐर चयन हुनुभएको छ । 

बुधवार जिल्ला सदरमुकाममा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले ऐरको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । 

अध्यक्ष ऐर रेडियो नेपालको डडेल्धुरा जिल्ला संवाददाता हुनुहुन्छ ।    

नयाँ कार्यसमितिको उपाध्यक्षमा मदनराज भट्ट र भावना पौडेल, सचिवमा ममता भट्ट, सहसचिव बिर बहादुर भण्डारी, भोजबहादुर ताम्राकार र कोषाध्यक्षमा भुवन भण्डारी सर्वसम्मत चयन हुनु भएको छ ।  

त्यस्तै, सदस्यहरूमा डवल बहादुर ठगुन्ना, सुरेन्द्र धामी, सावित्री भट्ट, रितु ठगुन्ना, राधिका कुमारी शाही र मञ्जु कुमारी बोहरा चयन हुनु भएको छ । 

यसैगरी केन्द्रीय परिषद् सदस्यमा राजेन्द्र ठगुन्ना, गणेश रोक्का र पार्वती कुमारी धामी चयन हुनुभएको छ । 

प्रदेश परिषद् सदस्यमा लोकेन्द्र बहादुर ओझा, बहादुर सिंह साउँद र गरिमा बोहरा चयन हुनुभएको छ । 

नेकपा एमाले केन्द्रीय सदस्य एवम् डडेल्धुरा जिल्ला इन्चार्ज पूर्व मन्त्री पठानसिंह बोहराले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो । 

उहाँले हरेक नागरिकको पक्षमा पत्रकारिताका माध्यमबाट समाज रूपान्तरण गर्न तथा पत्रकारहरूको व्यवसायीक नेतृत्व गर्ने संस्थाका रुपमा प्रेस चौतारी स्थापित गराउन नयाँ नेतृत्व सफल हुनेमा विश्वास ब्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, पूर्व उपाध्यक्ष विष्णुमणि सुबेदी, महासचिव हिरामान लामा, केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लोकश्वरी कुँवर, प्रेस चौतारी नेपाल डडेल्धुराका इन्चार्ज एंबम केन्द्रीय सदस्य मानबहादुर साउँद, प्रेस चौतारी नेपालकाका केन्द्रीय सदस्यहरु दिलबहादुर छत्याल, शुशिल ढुङ्गाना, धनराज साउँद, राजेन्द्र धामी, प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, महासचिव शिवराज भट्ट, निर्वाचन आयोगका अध्यक्ष गणेश गिरी लगायतका चौतारीका नेताहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button