तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको अर्थतन्त्र सुधारिँदै गएको छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारिँदै गएको बताउनुभएको छ । 

अर्थ मन्त्रालयमा आइतबार भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय मुलुकको अर्थतन्त्रले लय समातेर अघि बढेको बताउनु भयो । 

मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सरकारले अर्थ क्षेत्रका विभिन्न कानूनलाई अध्यादेश मार्फत संशोधन गरेको उल्लेख गर्नु भयो । 

अर्थमन्त्री पौडेलले लगानी, रोजगारी तथा आर्थिक वृद्धिमा सहयोग पुग्ने गरी आर्थिक क्षेत्रका पुराना कानुनहरूलाई अध्यादेश मार्फत संशोधन गरिएको बताउनु भयो । 

सरकारले निजी क्षेत्रको प्रवर्द्धनलाई जोड दिएको, निर्माण व्यवसायीहरूको बाँकी रहेको कानून बमोजिम दिनु पर्ने भुक्तानी सबै  दिइसकेको पनि अर्थमन्त्रीले स्पष्ट पार्न भयो । 

अर्थमन्त्री पौडेलले वर्तमान सरकारप्रति नीजि क्षेत्रको भरोसा र विश्वास बढेको तथा पूँजीगत खर्चको गुणात्मक सुधारका लागि विभिन्न प्रयासहरू अघि सारेको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button