सिधनियाघाट पुलको ९० प्रतिशत फाउण्डेसनको काम सम्पन्न
बाँके । बाँकेको राप्तीनदी सिधनियाघाट पुलको निर्माण कार्य सुरु भएसँगै राप्तीसोनारी र नरैनापुरका जनताहरू हर्षित भएका छन् ।
हुलाकी सडक योजना कार्यालय नेपालगन्जको आयोजनामा पुल निर्माण गर्न लागिएको हो । भ्याट सहित १ अर्ब १९ करोड लागतमा सात सय मिटर लामो, ११ मिटर चौडाई र १ दशमलब ७५ मिटर फुटपाथ रहने गरी राप्तीनदी सिंधनियाघाट पुल निर्माण भइरहेको छ ।
२०७९ असार ५ गते सम्झौता भई २०८३ असार ३ गते सम्पन्न गर्ने निर्माण कार्य थालिएको पुलको ९० प्रतिशत फाउण्डेसनको कार्य सम्पन्न भैसकेका छ भने बाँकी १० प्रतिशत अन्तरगत राप्तीनदीको बीचमा र छेउमा दुईवटा फाउण्डेसन बनाउने कार्य मात्र बाँकी रहेको निर्माण कम्पनी लुम्बिनी रौताहा बन्धन भगवती जेभीले जनाएको छ । कम्पनीका अनुसार तन्काउन मिल्ने ढलानको ६१ मिटरको स्ल्याप बक्स ११ वटा निर्माण गर्नुपर्नेमा यो आर्थिक वर्षमा ५ वटा स्ल्याप बक्स निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ ।
भुक्तानी दिन नसके निर्माण कार्य नै रोकिने
निर्माण कम्पनीले राप्तीनदी पुलको १४ वटा फाउण्डेसन मध्ये १२ वटा फाउण्डेसन निर्माण गरिसकेकोले निर्माण कम्पनीलाई गतबर्षकै रकम तिर्न नसकिएकाले यो बर्ष गरेको कामको भुक्तानी दिन नसक्ने अवस्था आए निर्माण कार्य रोकिने हुलाकी सडक योजना कार्यालय नेपालगन्जका योजना प्रमुख इन्जिनियर लिलाबहादुर भण्डारी बताउनु ।
नेपाल सरकारले गतबर्षकै १५ करोड भुक्तानी दिन नसकेकाले यो बर्ष ९ करोड बराबरको दुई वटा स्पाम सम्पन्न भयो भने यसको भुक्तानी आउनेमा शंका रहेको भन्दै यसका लागि राज्यले समयमै ध्यान दिनुपर्ने लुम्बिनी रौताहा बन्धन भगवती जेभीका इन्जिनियर राजेश पटेलले बताउनु भयो । पटेलले हाल सम्म २९ प्रतिशत कार्य सम्पन्न भइसकेकाले राज्यले समयमै भुक्तानी दिन सके निर्माण सम्झौताको ६ महिना अगाडी नै पुलको सबै कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेकाले राज्यले समयमै भुक्तानी दिन नसके निर्माण कार्य नै रोकिने बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्