तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबी पूर्वारम्भ: विपददेखि प्रविधि रुपान्तरणसम्मका विषयमा आज छलफल हुँदै

काठमाडौ। सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको पूर्वारम्भका कार्यक्रम अन्तर्गत आज पाँच वटा फरक फरक विषयबस्तुमाथि बहस (Panel Discussion) हुनेछ ।

आज ‘समृद्धिको आधार, सबल साझेदार’ शीर्षकमा सार्वजनिक सेवा प्रसारणका राष्ट्रिय साझेदारहरुसँग बहस हुनेछ ।

त्यसैगरी, आजनै विपदमा सार्वजनिक सेवा प्रसारण,राष्ट्रिय एकताका लागि सार्वजनिक सेवा प्रसारण, सार्वजनिक सेवा प्रसारणको अभ्यास,चुनौती र सम्भावनाहरु, प्रसारणमामा “नयाँ युग, नयाँ प्रविधि” विषयमा विषयगत छलफलहरु पनि हुनेछन ।

रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको सन्दर्भमा सुरु भएको पुर्वारम्भ (Pre Launching) कार्यक्रमको हिजो पहिलो दिन उद्घाटन सत्र पछि दोस्रो सत्रमा सार्वजनिक सेवा प्रसारणको अन्तराष्ट्रिय अभ्यास र सार्वजनिक सेवा प्रसारणसँग लोकतन्त्रको सुदृढीकरण र राष्ट्र निर्माण बारे विभिन्न राजनीतिक दलका नेताहरुसँग गहन छलफल भएको थियो ।

कानूनी र नीतिगत रुपमा सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएको अवस्थामा रेडियो नेपाल र नेपाल टेलिभिजनका विषयवस्तुहरु नागरिक केन्द्रित बनाउन विषयविज्ञ र सरोकारवालाहरुको वृहत् सहभागीतामा विषयगत छलफल सुरु गरिएको हो ।

भोलि माघ ३ गते सार्वजनिक सेवा प्रसारणमा आर्थिक व्यवस्थापन र यसको दिगोपनमाथि छलफल हुनेछ ।

पिएसबीको पूर्वारम्भ कार्यक्रमहरु रेडियो नेपाल अनलाइन, नेपालटिभी अनलाइन र दुबै निकायका डिजिटल प्याटफर्ममार्फत प्रत्यक्ष प्रसारण हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button