‘खेलकुदको बढ्दो माहौलले व्यापक लगानी गर्न दबाब बढाएको छ’
नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मुलुकमा खेलकुदको बढ्दो माहौलले सरकारलाई खेलकुद र पूर्वाधारमा व्यापक लगानी गर्न दबाब बढेको बताउनुभएको छ ।

नेपालगन्जमा आजदेखि सुरु भएको दुई दिने ‘दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिप २०८१’ को उद्घाटन गर्दै मन्त्री चौधरीले पछिल्लो समय आयोजित विभिन्न प्रतियोगिताहरूले खेलकुदको क्रेज बढाएको बताउनुभयो । नेपाल सरकारले खेलकुदमा अब आगामी बर्ष उत्साहजनक बजेट छुट्टाउने मन्त्री चौधरीको भनाई छ । उहाँले नेपाल सरकारले खेलाडीका लागि रोजगारी सिर्जना गर्ने गरी योजना बनाइरहेको बताउनुभयो ।

मन्त्री चौधरीले हाप्किडो खेलको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै यी खेलले खेलाडीको वृत्ति विकास र पहिचानसँगै राष्ट्रको छवि बढाउन योगदान गरिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्