तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन कायम गर्न प्रदेश सरकार लागिपरेको छ : मुख्यमन्त्री आर्चाय

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले प्रदेश सरकार सुशासन कायम गर्न लागिपरेको बताउनु भएको छ ।

सङ्घीय सरकारले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पर्ने कानुन नबनाउँदा सरकार सञ्चालन गर्न समस्या उत्पन्न भयको मन्त्री आचार्यको भनाई छ ।

एनजिओ फाउन्डेसन अफ नेपालको आयोजनामा दाङको लमहीमा आयोजना गरेको नागरिक संघ संस्थाका चुनौती र नागरिक स्वतन्त्रता सम्बन्धी नीति संवाद लुम्बिनी प्रदेश स्तरीय नगरी सम्मेलनमा मुख्यमन्त्री आर्चायले  यस्तो बत्ताउनु भएको हो ।

मुख्यमन्त्री आर्चायले भन्नु भयो सङ्घीय सरकारले प्रदेश सरकारलाई काम गर भन्छ तर कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनहरु समयमै वनाउदैन् यसका कारण जनतालाई महशुस हुने गरि काम गर्न नसको बत्ताउनु भयो ।

मख्यमन्त्रि आर्चायले प्रदेश सरकारको आफूले नेतृत्व गरेको दिन देखि सुशासन कायम गर्ने विषयमा आफु प्रतिबद्ध भएको बत्ताउनु भयो ।

मुख्यमन्त्री आर्चायले भन्नु भयो प्रदेश सरकारले सुशासन, भ्रस्टचार न्युनिकरण, सूचनाको हक लगायत जनताका गुनासो सुन्नका लागि सरकारले प्रत्येक मन्त्रालयमा त्यसको व्यवस्थापन गरेका छौ ।

प्रदेश सरकारले नागरिकका गुनासो का आधारमा प्रदेश सरकारले  ५ लाख भन्दा माथिका योजनाहरू ईविडङ मार्फत काम गर्ने व्यवस्था गरि सुशासनको पहिलो खुट्किलो चालेका छौँ मुख्यमन्त्री, आचार्यले बताउनुभयो । अन्य प्रदेश सरकारले नगरेको मन्त्रीहरूका लागि आचारसंहिता बनाएर सुशासन कायम गर्न लुम्बिनी प्रदेश सरकारले ५ वर्षीय रणनीति बनाएर अगाडि बढेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले बनाउनुपर्ने कानुनहरू निर्माण भइरहेको जानकारी दिँदै उहाँले यही हिउँदे अधिवेशनमा अपाङ्गता र दलित अधिकार सम्बन्धी कानुन निर्माण गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button