तपाईँ सुन्दै हुनुहुन्छः

वनभोज खान गएका एक युवकको मृत्यु

कञ्चनपुर। कञ्चनपुरमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ ।

मङ्गलवार वनभोज खान गएका भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवाका २६ वर्षीय बिक्की भनिने विक्रम बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । भीमदत्तकै चुरे क्षेत्रमा रहेको खन्या खोलामा चिप्लिएर बिष्टको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कञ्चनपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले बताउनु भयो । बिष्टसँग आफन्त नाता पर्ने अरू तीन जना पनि वनभोज खान गएका र उनीहरूले प्रहरीलाई दिएको बयान अनुसार खोलाबाट माथि चुरे उक्लिँदा चिप्लिएर बिष्टको मृत्यु भएको प्रारम्भिक जानकारी गराइएको छ ।

उपचारको लागि महाकाली प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले विष्टलाई मृत घोषणा गरेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button