माछा मार्न विस्फोट पदार्थ बनाउने क्रममा पड्केर पाल्पामा एक जनाको मृत्यु, दुई घाइते
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
माछा मार्नको लागि विस्फोट पदार्थ बनाउने क्रममा तिनाउ–२, दोभान बुढासटकका २८ वर्षीय सुरज सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विस्फोट हुँदा घाइते भएका सोमैको उपचारका क्रममा बुटवल हस्पिटल प्रालि बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
विस्फोटक पदार्थ विस्फोट हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिंगरनगरका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्