तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल ड्रागन बोट संघ कर्णाली प्रदेशको प्रथम  अध्यक्षमा मल्ल 

मुगु । नेपाल ड्रागन बोट संघ कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ। 

यस अधिवेशनबाट  बिरेन्द्र बहादुर मल्लको अध्यक्षतामा  ९ सदस्यीय कार्यसमिति  चयन गरिएको छ। 

संघले खेलकुदको विकास र ड्रागन बोट खेललाई कर्णाली प्रदेशमा प्रोत्साहन दिन विशेष योजना तयार गर्ने लक्ष्य लिएको बताइएको छ ।

 छायाँनाथरारा नगरपालिका वडा नं १ मुगु घर भएका  मल्लको अध्यक्षतामा  उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त बोटको  अधिवेशनमा  कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले उक्त कार्यक्रममा  प्रमुख आथित्यता ग्रहण  गर्नु भएको थियो  । 

अधिवेशनबाट  ९ सदस्यीय कार्यसमिति गठन गरिएको  बताइएको छ । बोट संघले खेलकुदको विकास र ड्रागन बोट खेललाई कर्णाली प्रदेशमा प्रोत्साहन दिन विशेष योजना तयार गर्ने लक्ष्य लिएको  नवनिर्वाचित बोट संघ कर्णाली प्रदेशका  अध्यक्ष  मल्लले बताउनु भयो । नयाँ कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूमा  चन्द्र कुमार गिरि ( उपाध्यक्ष,नन्दा खत्री ( सचिव,चन्द्र बहादुर बुढा ( कोषाध्यक्ष, ज्ञानिमाया  ऐडी , सदस्यहरूमा  लोकेन्द्र बम (,रोमन थापा ( भीम बहादुर बुढा र लोकेन्द्र बहादुर शाही ( चयन भएका छन् ।

उक्त अधिवेशनमा कर्णाली  प्रदेशका खेलाडी, खेलकुद प्रेमी र संघका सदस्यहरूको सक्रिय उपस्थिति रहको थियो भने बोट संघले कर्णाली प्रदेशमा ड्रागन बोट खेलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button