तपाईँ सुन्दै हुनुहुन्छः

मलखादकाे कालोबजारी विरुद्ध जनमतको प्रदर्शन

सप्तरी । जनमत पार्टीले मलखादमा भएको कालोबजारी विरुद्ध राजविराजमा बिहीबार विरोध प्रदर्शन गरेको छ । जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साहको नेतृत्वमा कृषि औजार सहित राजविराजमा मलखाद डिलरको कालोबजारी विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

मलखाद डिलरको कालोबजारी बन्द गर, किसानलाई मलखाद समस्या समाधान गर, कालोबजारी गर्ने डिलरलाई कारबाही गर लगायतका नारा लगाउँदै राजविराज नगरको विभिन्न भागमा परिक्रमा गरिएको थियो ।

र्‍यालीमा जनमत पार्टी मधेस प्रदेश समितिका संसदीय दलका नेता महेश प्रसाद यादव, हनुमान नगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र कुमार माझी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव लगायतका जनमत पार्टीका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कृषि सामाग्री संस्थान कार्यालय राजविराजका प्रमुख सोनेलाल मुरमुका अनुसार गोदाममा ४ हजार १ सय ८६ मेट्रिकटन युरिया, २ हजार १ सय १ मेट्रिकटन डिएपी र १ सय ६ मेट्रिकटन पोटास भण्डार रहेकोमा उक्त मल वितरण गरिसकेको छ। 

मङ्सिर २० गतेदेखि मल गोदाममा राखिए पनि प्रदेशको आदेश नआउँदा मल वितरणमा समस्या उत्पन्न भएको बताउँदै उहाँले  प्रदेशबाट अख्तियारी पाउन साथ भण्डारण गरिएको मल वितरण गरिसकेको उहाँले बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button