तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुकोमा महिनौँदेखि बस्तीमा त्रास फैलाउँदै आएको चितुवा नियन्त्रणमा 

कपिलवस्तु । कपिलवस्तुको श्रीनगर गाउँमा महिनौँदेखि बस्तीमा त्रास फैलाउँदै आएको चितुवा नियन्त्रणमा लिइएको छ । 

कृष्णनगर नगरपालिका वडा नम्बर ६ मा रहेको चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा र डिभिजन वन कार्यालय गौतमबुद्धको टोलीले ११ दिनको प्रयासपछि चितुवालाई नियन्त्रणमा लिन सफल भएको जनाइएको छ ।

डिभिजन वन कार्यालय (गौतमबुद्ध) चन्द्रौटाका वन अधिकृत राजु क्षेत्रीले चितुवालाई ‘क्यामरा ट्रयाप’को माध्यमबाट श्रीनगर गाउँको उखुबारीबाट नियन्त्रणमा लिइएको बताउनुभयो । 

गत राति ९ बजे चितुवालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय गौतमबद्धले दाङ पठाइएको वन कार्यालयले जनाएको छ ।

एक महिनाअघि स्थानीय बासिन्दाले चितुवा देखिएको जानकारी दिएपछि टोलीले पदमार्गको पहिचान र क्यामरा जडानमार्फत अनुसन्धान गरेको थियो । चितुवा पत्ता लगाउन दुई वटा ट्र्यापमा ६ वटा क्यामेरा जडान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button