नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको अध्यक्षमा बञ्जारा निर्वाचित
जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको अध्यक्षमा श्याम बन्जारा निर्वाचित हुनुभएको छ ।
बन्जारा ३ सय १३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी अवधेश झाले २ सय ४७ मत प्राप्त गर्नुभयो ।
यसैगरी, उपाध्यक्षमा अम्बिका कुमारी दाहाल निर्वाचित हुनुभएको छ । दाहालले २ सय १० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम उपेन्द्र कुमार यादवले १ सय ९० मत प्राप्त गर्नुभयो । त्यस्तै महिला उपाध्यक्षमा ज्योति झाले ३ सय ७१ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी हेम कुमारी बरालले २ सय ३० मत प्राप्त गर्नुभयो ।
महासचिवमा शैलेन्द्र महतोले ३ सय ९४ मतसहित निर्वाचित हुनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धीमा राजनकुमार सिंहले ३ सय २२ मत प्राप्त गर्नुभयो ।
सचिवमा २ सय ६७ मतसहित दीपककुमार गौतम निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नविन कुमार नवलले २ सय ५२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक भरत साहले जानकारी दिनुभयो ।
त्यस्तै समावेशी सचिवमा ३ सय ३८ मतसहित हदिस खुद्दार निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम दीपक कुमार मिश्रले २ सय ८ मत प्राप्त गर्नुभयो ।
कोषाध्यक्ष पदमा अनिल गौतम २ सय ५८ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँको निकटतममा अकूलप्रसाद साहले २ सय ४३ मत प्राप्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घको खुल्ला तर्फको प्रदेश सदस्यहरूमा अजय कुमार साह, नविन प्रीयदर्शी, शैलेन्द्र झा, सञ्जीव कुमार मिश्र, त्रिलोकीनाथ यादव निर्वाचित हुनुभएको छ । त्यस्तै, महिला सदस्यमा प्रतिभा झा, सुनिता महतो र सविना अर्याल निर्वाचित हुनुभयो ।
दलित सदस्यमा विनोद परियार, आदिवासी सदस्यमा विजयालाल चौधरी र प्रकाश श्रेष्ठ तथा अल्पसङ्ख्यक सदस्यमा साजिर मंसुर निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक साहले जानकारी दिनुभयो ।
।
प्रतिक्रिया राख्नुहोस्