तपाईँ सुन्दै हुनुहुन्छः

हामीले एकताको सन्देश सन्सार भर फैलाउनुपर्छ : अर्थमन्त्री पौडेल 

रुपन्देही । अर्थमन्त्री बिष्णु पौडेलले बुद्धभूमीबाट एकताको सन्देश सन्सारभर फैलाउनु पर्ने बताउनु भएको छ ।

श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२ औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री पौडेलले रुपन्देही जिल्लाले शान्ति र एकताको सन्देश देशभर र सन्सार भर फैलाउनु पर्ने बताउनु भएको हो। 

‘भूमि गौतम बुद्धको जन्म स्थलबाट हामी बुद्धका सन्तान हौँ तसर्थ हामीले एउटा संकल्प गरौँ नकारात्मक सोचबाट माथि उठौँ, अर्थमन्त्री पौडेलले भन्नुभयो, हामी बिरोध असन्तुष्टिमा लागेर समय खेर नफालौँ । हामी सकारात्मक चिन्तन, नवीन सोचमा लागौँ ’,अर्थमन्त्री पौडेलले भन्नुभयो । 

रुपन्देही जिल्लाले शान्तिको सन्देश, एकताको सन्देश, सकारात्मक बिचारको सन्देश देशमा र विश्वभर प्रवाह गर्नुपर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लीला गिरी, बुटवल उप महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, रण अम्बिका आँखा अस्पतालका अध्यक्ष सागर प्रताप राणा लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button