बालबालिकालाई विद्यालय पोशाक वितरण
काठमाडौँ।लायन्स क्लब अफ् नेपाल टुरिजम ले मनकामना आधारभूत विद्यालय सिद्धलेक-५ धादिङ मा पोसाक वितरण गरेको छ। मङ्सिर ९ गते गरिएको वितरण कार्यक्रममा ९८ जना बालबालिकाको लागि नि:शुल्क पोसाक वितरण गरिएको हो। कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस का डिस्ट्रिक्ट चिफ लक्ष्मण अर्याल को संयोजन मा विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर घले ले लायन्स क्लब अफ् नेपाल टुरिजमले प्रशंसनीय काम गरेको बताउनु भएको थियो भने विद्यालय का प्रधानाध्यापक ध्रुव प्रसाद सिलवालले खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एस नेपालका डिस्ट्रिक एक्जुकेटिभ चिफ अञ्जन थापा (कुमार) को पहलमा उक्त कार्यक्रम भएको थियो ।
आर्थिक अभावका कारण सो विद्यालयका अध्ययनरत विद्यार्थीहरूलाई पोसाक खरिद गर्न समस्या भएको भन्ने जानकारीमा आएपछि आफ्नो कार्यकालको कार्यक्रमका रुपमा समस्यामा परेका विद्यार्थीलाई सहयोग गरिएको क्लब प्रेसिडेन्ट किरण पाण्डे ले बताउनु भयो।
बिधार्थीहरुको उज्ज्वल भविष्य को कामना गर्दै न्यानो पोसाकले विद्यार्थी भाइ बहिनीहरूलाई जाडो बाट जोगाउने र विद्यार्थीहरू को आत्मबल बलियो भई शैक्षिक नतिजा राम्रो आउने आशा ब्यक्त गर्नु भएको थियो । लायन्स क्लब अफ् नेपाल टुरिजम आयोजक रहेको कार्यक्रम मा लायन्स क्लब अफ् सिद्देश्वरले सहयोग गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्