क्यान्सर पीडित गायिका इन्दिरा गोलेको सहयोगार्थ कन्सर्ट
भक्तपुर । क्यान्सर पीडित गायिका इन्दिरा गोले गुरुङको सहयोगार्थ भक्तपुरमा रकमेनिया लाउडेस्ट इभेन्टको आयोजना गरिने भएको छ ।
एम ई एम इन्टरटेन्मेन्टले गायिका गोलेको सहयोगार्थ रकमेनिया लाउडेस्ट इभेन्टको आयोजना गर्न लागिएको र कन्सर्टबाट उठेको आम्दानीको २० प्रतिशत गायिका गोलेलाई उपचारका लागि सहयोग गर्ने निर्णय भएको द सर्माैन नेपाल रहेको इभेन्ट आयोजक रोजिन मिश्रले बताउनुभयो ।
यही मङ्सिर २२ गते भक्तपुरको सल्लाघारी चौरमा रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर हुने भएको हो ।
सो इभेन्ट सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इभेन्ट आयोजक रोजिन मिश्रले इभेन्ट आयोजना गर्न रु ३५ लाख खर्च हुने अनुमान गरिएको बताउनुभयो ।
कन्सर्टमा मुख्य ब्याण्ड मन्त्र ब्याण्ड दार्जिलिङ रहेको छ भने काठमाडौँबाट एमटियटयटफोयट र भक्तपुरबाट द सर्माैन नेपाल रहेका छन् ।त्यस्तै लोकल ब्याण्डमा इको ब्लुम, चक्रबिउ, द आइकोन ब्यान्ड, डिभाइन सोल र जेन्सिस ब्यान्ड रहेको पनि उहाँले जानकारी दिनुभयो ।
विगत लामो समयदेखि इभेन्टको आयोजना गर्दै हालसम्म १२ वटा इभेन्टपश्चात् यो लाउडेस्ट इभेन्ट गर्ने निर्णय भएको आयोजक मिश्रले बताउनुभयो ।
सम्मेलनमा एम ई एम इन्टरटेन्मेन्टका फाउण्डर लोकसाङ लामाले करिब ५ हजार भन्दा बढी सहभागिताको अपेक्षा रहेको यस कन्सर्टमा नेपालको रक इन्डस्ट्रिजलाई अझ उच्चस्तरमा लैजाने र जति पनि प्ल्याटफम नपाएका स्थानीय तथा नयाँ ब्याण्डहरुलाई प्रोत्साहित गर्ने उद्देश्य रहेको बताउनुभयो ।
सम्मेलनमा इभेन्टका पार्टनरस् हिलसाइड बिन्स बरिस्ता कफी स्कुलका सञ्चालक सरोज ढकालले भक्तपुरको पर्यटन क्षेत्रलाई लक्ष्य बनाएर भक्तपुरमा पनि यस्ता इभेन्ट हुँदो रहेछ र एउटा रक ब्याण्ड चिनाउने उद्देश्यले कन्सर्ट हुन लागेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्