तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्यात बढाउन सके मात्र आर्थिक विकासमा फड्को मार्न सकिन्छ’

भक्तपुर । बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले कृषि उत्पादनलाई निर्यातमुखी बनाउन सके मात्रै देश र जनताको आर्थिक विकासमा फड्को मार्ने सकिने बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका–३ बालकोटमा आयोजना गरिएको १५ दिने ‘प्रथम सूर्यविनायक कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव–२०८१’ को उद्घाटन गर्दै उहाँले आन्तरिक तथा बाह्य पर्यटनको विकास, उत्पादनको प्रदर्शनी र बिक्रीले आर्थिक परिचालनमा टेवा पुग्ने बताउनुभयो ।

मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले प्रदेशका उत्पादनहरूको प्रचारप्रसार गर्न लक्ष्य लिएको बताउँदै नेपाल कृषि प्रधान देश भएकाले कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरि कृषि प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ लगायतले मेलाबाट स्थानीय उत्पादनको बिक्री, वितरण एवं बजारीकरणमा टेवा पुग्ने बताउनुभयो ।

७० वटा स्टल रहेको र प्रवेश निःशुल्क गरिएको मेलामा विभिन्न सामानको प्रदर्शनी गर्नुका साथै ख्यातिप्राप्त कलाकारको साङ्गीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button