तपाईँ सुन्दै हुनुहुन्छः

बालै गाउँका स्थानीय र गमगाड खोलाको सम्बन्ध: बालुवा सङ्कलन र बिक्री

मुगु । छायाँनाथरारा नगरपालिका वडा नं ६ बालै गाउँ, जसको आर्थिक  गतिविधिका लागी गमगाड खोलासँग नजिकको सम्बन्धमा रहेको छ, त्यहाँका बासिन्दाहरूको प्रमुख आम्दानीको स्रोत बालुवा सङ्कलन र बिक्री हो।

वर्षायामको समयमा खोलामा बगेर आउने बालुवा गाउँलेहरूको लागि आय आर्जन गर्ने मुख्य माध्यम बनेको छ। वर्षातको समयमा गमगड खोलामा पानीको मात्रा बढ्दै जान्छ, जसले गर्दा विभिन्न ठाउँबाट बगेर आउने बालुवा गाउँको किनारमा जम्मा हुन्छ। यस अवसरलाई सदुपयोग गर्दै बालाई गाउँका बासिन्दाहरूले बालुवा सङ्कलन गर्छन् र यसलाई बजारमा बेचेर आफ्नो आम्दानी बढाउँछ। यसरी सङ्कलन गरिएको बालुवा भवन निर्माण, सडक निर्माण र अन्य निर्माण कार्यहरूका लागि निकै महत्त्वपूर्ण मानिन्छ।

स्थानीय बासिन्दाहरूका अनुसार, बालुवा सङ्कलन वर्षायामको मुख्य गतिविधि हो, जसले गाउँका धेरै परिवारहरूको जीविका चलाउँछ। हाम्रो गाउँको मुख्य आम्दानीको स्रोत बालुवा नै हो, एक स्थानीयले भने। वर्षायामको समयमा हामीले सङ्कलन गर्ने बालुवा राम्रो गुणस्तरको हुन्छ,।

यसरी बालुवा बिक्रीबाट प्राप्त आम्दानीले गाउँका बासिन्दाहरूको जीवनस्तरलाई उकास्ने काम गरिरहेको छ। तर, निरन्तर बालुवा सङ्कलन र खोलाको प्राकृतिक स्रोतको प्रयोगले वातावरणमा असर पर्ने चिन्ता पनि व्यक्त गरिएको छ। 

खोलाको व्यवस्थापन र स्रोतहरूको दिगो उपयोगका लागि स्थानीय प्रशासन र सरोकारवालाहरूको ध्यान जान आवश्यक देखिन्छ। तर, हाललाई भने बालै गाउँका बासिन्दाहरूको लागि गमगड खोलाबाट सङ्कलन गरिएको बालुवा नै मुख्य आम्दानीको माध्यम बनेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button