तपाईँ सुन्दै हुनुहुन्छः

रुकुममा समाजवादीले माओवादीलाई समर्थन गर्ने

रुकुमपूर्व । रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उप निर्वाचन रोचक बन्दै गएको छ । माओवादी केन्द्रको आधार इलाका मानिने यस गाउँपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धन छ । अझ रोचक त के छ भने नेकपा एमालेकी उम्मेदवार केशकुमारी तुलाचनले कांग्रेसको चुनाव चिह्नमा उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

बुधबार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रको उम्मेदवारलाई सहयोग गर्ने गरि उम्मेदवारी फिर्ता लिने र माओवादी केन्द्रको उम्मेदवार लाई समर्थन गर्ने निर्णय सार्वजनिक भएपछि झनै यस गाउँपालिकाको उप निर्वाचन रोचक बन्दै गएको हो ।

संयुक्त प्रेस विज्ञप्ति निकाल्दै आज दुई दलले ५ बुँदे सहमतिका आधारमा माओवादी केन्द्रको उम्मेदवारलाई एकीकृत समाजवादीले समर्थन गर्ने सहमति भएको माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल गौतमले बताउनुभयो ।

माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक कुमारी बराल गौतम र नेकपा एकीकृत समाजवादीबाट जिल्ला इन्चार्ज भीउमान घर्तीले हस्ताक्षर गरेको संयुक्त विज्ञप्ति भरखरै सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button