तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय डेभिस कप २०२४ का लागि १४ खेलाडी बहराइन प्रस्थान

रुपन्देही । अन्तर्राष्ट्रिय डेभिस कपमा नेपालबाट अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगितामा भाग लिने टिमको नेतृत्व गर्ने टिम व्यवस्थापक गोपाल ज्ञवालीसहित १४ खेलाडी बहराइन प्रस्थान गरेका छन् ।

व्यवस्थापक ज्ञवालीले लन टेनिस विकासमा २०५८ सालदेखि निरन्तर लागेको बताउनुभयो । नेपाल टेनिस सङ्घको निर्देशनमा ज्ञवाली वैदेशिक खेलमा पुरुष टिमको नेतृत्वमा जानुभएको हो ।

नोभेम्बर १८ देखि २४ तारिखसम्म बहराइनमा हुने डेबिस कपमा १७ देशका खेलाडीहरूले भाग लिएका छन् । प्रतियोगितामा नेपालबाट खेलाडीहरू पुरुषतर्फ अभिषेक बास्तोला, प्रदीप खड्का, प्रणव मानन्धर, प्रणव खनाल, रितिका राना तथा महिलातर्फ अभिलाषा विष्ट, सुनिमा थापा, प्रकृति श्रेष्ठ, स्वस्तिका विष्ट र प्रजना मानन्धर रहेका छन् ।

पुरुष टिम म्यानेजर गोपाल ज्ञवाली, पुरुष टिमको प्रशिक्षक सरद लामा, महिला टिम म्यानेजर अजय विष्ट, महिला प्रशिक्षक सन्तोष खत्री गरी १४ जनाको टिम बहराइनका लागि प्रस्थान गरेको छ । नेपालको र्याङिकङ १५ स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button