तपाईँ सुन्दै हुनुहुन्छः

सात बुँदे सहमति अनुसार संविधान संशोधन प्रक्रिया अघि बढ्छ: उपप्रधानमन्त्री सिंह

विराटनगर । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाश मानसिंहले सरकारलाई सहज रूपले अघि बढाउन उच्चस्तरीय सयन्त्रण निमार्ण भएको बत्ताउनु भएको छ ।

 प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सात वुदें सहमति अनुसार वनेको यो सरकारको कामकारबाहीलाई अझ बढी गति दिन सयन्त्रण निमार्ण भएको प्रष्ट पार्नुभयो ।  सात बुँदे सहमति अनुसार संविधान संशोधन प्रक्रिया अघि वढने उहाँको भनाई थियो ।

उहाँले नेपाली कांग्रेसको नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएकाले प्रदेशको अधिकारी  आवश्यक सङ्घीय कानुनहरु निमार्ण गरेर प्रदेश सरकारलाई बलियो बनाउने  बत्ताउनुभयो ।

 एक प्रश्नमा उहाँले सरकारको कामकारबाहीका विषयमा प्रधानमन्त्री र मन्त्रीहरू बिच कार्य सम्पादन सम्झौता भएकाले सोही अनुसार मन्त्रालयले काम गरिरहेको बत्ताउनुभयो ।

 बजेट पास भई सेकपछि वनेको यो सरकारले उल्लेखनीय काम गर्दै आएकाले अहिले यो सरकारले केही गरेन भन्नु केवल विरोधका लागि विरोध मात्र हो  उहाँको भनाई थियो । 

उपप्रधानमन्त्री सिंहले सरकारमा गइसकेपछि संविधानको कानुन र ऐन परिधिभित्र रहेर काम गर्नुपर्ने भएकाले जनताको आंकाक्षा र चाहना अनुसार सरकारले काम गरिरहेको प्रष्ट पार्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button