एक सय ६५ जनाको आँखा परीक्षण
गोरखा । गोरखा मेमोरियल हस्पिटल प्रा लि छेपेटार र दृष्टी आँखा केन्द्र कलङ्कीको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा ६० जना पुरुष र ९५ जना महिला गरी १६५ जनाको आँखा परीक्षण गरिएको छ ।
शिविरमा भिडियो एक्सरे, इसिजि, सुगर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये ६० जनालाई निःशुल्क चश्मा प्रदान गरिएको थियो ।
परीक्षण भएका बिरामीहरूलाई रोग अनुसारको औषधी वितरण गरिएको गोरखा मेमोरियल हस्पिटल प्रालिका प्रबन्ध निर्देशक दाउद तामाङले जानकारी दिनुभयो ।
शिविर पालुङटार नगरपालिका वडा नम्बर स्थित सामुदायिक भवनमा भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्