राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने
नेपालगन्ज । बाँकेमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न दिने भएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले एक सूचना जारी गरेर राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने जानकारी गराउनुभएको हो ।
तिहार र दीपावलीको समयमा जुवातास, पटाका आयात गर्ने, पड्काउने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्न नपाइने प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्