राहत र पुनर्स्थापनाका काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले सम्भव भएसम्मका सबै उपायहरू प्रयोग गरेर राहत र पुनर्स्थापनाका काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि समयमै मर्मत सम्भार गर्न, सडकका पहुँच नपुगेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्थापन गर्न, खाद्यान्न, तरकारी, फलफूल लगायतका सम्पुर्ण वस्तुको मूल्य बढ्न नदिन र पीडितहरूलाई राहतको छिटो भन्दा छिटो व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले विभिन्न जिल्लाका बाटोमा अलपत्र परेका यात्रुहरूलाई तुरुन्त उद्धार गरी गन्तव्यमा पुर्याउन पहल गर्न र थप जनधनको क्षति हुन नदिनका लागि तत्काल आवश्यक सबै तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
वर्षाका कारण नष्ट भएका सिँचाइ, कुलो, पिउने पानी, विद्युत्, टेलिफोन, सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिक र विपद्का घाइतेहरूको औषधि उपचारलाई सहज बनाउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्