तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकास बैंकको अध्यक्षमा निरौला नियुक्त

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त हुनु भएको छ ।

नेपाल सरकारको मन्त्री स्तरीय निर्णयबाट कृषि विकास बैंकको सञ्चालक नियुक्त हुनु भएका निरौलालाई सञ्चालक समितिको बैठकबाट सर्वसम्मत अध्यक्ष चयन गरिएको हो ।

उहाँले बुधबार नै गभर्नर डा. चिरञ्जीवि नेपालबाट पद तथा गोपनियताको सपथ समेत लिनु भएको छ ।

गत माघमा नेपाल राष्ट्र बैकको सेवाबाट अवकास लिनु भएका निरौलाले मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशकको रुपमा लामो समय काम गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button