सुर्खेतमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सवारी दुर्घटना हुँदा आज तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दैलेखको धरमपोखरादेखि सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्वरको जीप अनियन्त्रित भएर वीरेन्द्रनगर नगरपालिका–१५, राउटे गल्छेनामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका–६, का देवबहादुर खड्का, वीरेन्द्रनगरनगरपालिका–१५ का खड्गबहादुर बुढाथोकी र उहाँकी श्रीमती गोमा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाईते चार जनाको प्रहरीले उद्दार गरि प्रदेश अस्पताल कालागाउँमा पठाईएको छ ।
उहाँका अनुसार जीपमा कुल सात जना सवार रहेका थिए । अनियन्त्रित भएर दुर्घटना भएको जीप सडकदेखि चार सय मिटर तल खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्