भेरी अस्पतालमा नाकको प्वालमार्फत पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा पहिलोपटक नाकको प्वालमार्फत दूरबिन विधिद्वारा पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

पश्चिम नेपालको प्रेषण अस्पतालको रुपमा रहेको भेरीमा जटिल खालको पिट्यूटरी ब्रेन ट्यूमरको अत्याधुनिक प्रविधिको प्रयोग गरी नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको हो ।
न्यूरो सर्जन डा. सुबोध गौतम र इएनटी सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वको टोलीले बर्दिया गुलरिया नगरपालिका–१२ भैसाहीकी ५० वर्षीया सुप्नी थारुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । यस खालको शल्यक्रियालाई मेडिकल साइन्समा दुर्लभ तथा जटिल शल्यक्रिया मानिने गरिन्छ ।







प्रतिक्रिया राख्नुहोस्