नदी किनाराका जग्गासम्बन्धी समस्या समाधानका लागि पहल गर्न सर्वदलीय आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने तय गर्ने बताउनुभएको छ ।
नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहलको आग्रहसहित भेटघाटका लागि आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुरा गर्दै उहाँले यो निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठिकै हुने उल्लेख गर्दै यसबारे पार्टीको धारणा बैठकपछि नै तय हुने बताउनुभयो ।
सर्वदलीय भेटमा सहभागीहरूले नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौँमा ठूलो समस्या सुरु भएको बताउनुभएको थियाे ।
अदालतको आदेशअनुसार काठमाडौँको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०÷२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार विस्थापित हुने र पशुपति नाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने छ ।
काठमाडौँ महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै उहाँहरूले यो फैसला कार्यान्वयन भएमा आर्थिक रूपमा अराजकता पैदा हुने बताउनुभएको छ ।
आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भ्याकेटमा जान सुझाव दिएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको जानकारी गराउँदै प्रतिनिधिमण्डलका सदस्यहरुले प्रमुख प्रतिपक्ष दलका नेता र पार्टी अध्यक्षको रुपमा प्रचण्डलाई भेट्न आएको बताउनुभएको थियो ।
प्रतिनिधिमण्डलमा नेकपा एमालेका नेता राजन भट्टराई, काठमाडौँ महानगरपालिकामा पूर्व प्रमुख विद्यासुन्दर शाक्यलगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्