तपाईँ सुन्दै हुनुहुन्छः

पेशासँंगै इमानदारिताको आवश्यकता : नेमकिपा अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमानदारिता अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

निओ फ्युजन स्कुल अफ कम्प्युटरले आज भक्तपुरमा गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा उहाँले नैतिकता, सदाचार सबै पेशा व्यवसायीहरूको लागि गहना भएको बताउनुभयो ।

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले आफूले सिकेको सीपमा दक्ष भई स्वदेशमै काम गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले नयाँ पुस्तामा मेहनतको महत्वबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपालको ख्याति प्राप्त पौभा कलाकार सूर्यबहादुर चित्रकारलाई सम्मान गरिएको थियो ।

सन् २००६ मा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै विभिन्न विषयहरूमा युवाहरूलाई निःशुल्क तालिम प्रदान गरिरहेको जनाएको छ ।

हालसम्म कुल ६ हजार सात सय ८० जनालाई विभिन्न तालिमहरू निःशुल्क प्रदान गरी सीपयुक्त बनाइएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button