तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीलाई एकढिक्का बनाउनु प्रमुख चुनौतीः नेता पौडेल

वीरगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढाउनु प्रमुख चुनौती रहेको बताउनुुभएको छ ।

नेपाली कांग्रेस प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेलालाई आज पर्साको वीरगञ्जमा सम्बोधन गनुहुँदै नेता पौडेलले सरकारका पछल्लिा गतिविधिले लोकतन्त्र कमजोर पार्ने प्रयास भएको आरोप लगाउनुुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला,, कोषाध्यक्ष सिता देवी यादव, नेताहरु प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुन नरसिंह केसी, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल,सुजाता कोइराला लगायतले नेपाली काँग्रेस एकढिक्का भएर अगाडी बढ्नुको विकल्प नरहेको बताउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button