तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

आन्दोलनले चर्को रूप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरू तैनाथ

ढाका (बङ्गलादेश) । बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गर्नुभएको छ ।

आन्दोलनले चर्को रूप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरू तैनाथ गरिएको छ । अस्पतालका झडपमा अहिलेसम्म कम्तीमा १०५ जनाले ज्यान गुमाइसेका छन् । बङ्गलादेशमा जारी आन्दोलन नियन्त्रण गर्न प्रहरी असफल भएपछि प्रधानमन्त्रीको कार्यालयले गत मध्यरातबाट सेना परिचालन र कफ्र्यू आदेश जारी हो ।

सरकारले नागरिकहरूको सहायताका लागि कर्फ्यु लगाउने र सेना तैनाथ गर्ने निर्णय गरेको प्रधानमन्त्री हसिनाका प्रेस सचिव नईमुल इस्लाम खानले बताउनुभएको छ ।

राजधानी ढाकाका सडकहरू आज बिहानैदेखि सुनसान छन् । सेना र बख्तरबन्द कर्मचारी वाहकले गस्ती गरिरहेका छन् । यसै क्रममा कफ्र्यूलाई बेवास्ता गर्नेलाई प्रहरीले घर फर्काइ रहेको छ । कर्फ्यु आइतबारसम्म कायम रहने निजी प्रसारण च्यानल–२४ ले रिपोर्ट गरेको छ ।

प्रधानमन्त्री हसिनाको आइतबारका लागि तय भएको स्पेन र ब्राजिलको भ्रमण विद्यमान अवस्थाका कारण रद्द गरिएको उहाँका प्रेस सचिव खानले जानकारी दिनुभएको छ । रासस /एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button