तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्चतम प्राथमिकता दिने : सञ्चार मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्चतम प्राथमिकता दिने बताउनुभएको छ ।

नवनियुक्त मन्त्री गुरुङले आज मन्त्रालयमा पद बहाली गर्नुहुँदै सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गरिने पनि प्रतिबद्धता जनाउनुभयो ।

उहाँले नयाँ प्रविधिको प्रयोग गरी छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button