बाजुराका तीन स्थानमा विपद् पूर्व तयारी सामग्री मौज्दात राखिने
बाजुरा । बाजुराका तीन स्थानमा विपद् पूर्व तयारी सामग्रीहरु मौज्दात राखिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाजुराको बुढीगंगा नगरपालिका, सदरमुकाम मार्तडी र उत्तरी क्षेत्रका लागि कोल्टीमा विपद पूर्व तयारी सामान मौज्जाद राख्ने निर्णय गरेको हो ।
जिल्लामा बर्षायामको समयमा हुने विपद्जन्य घटनाको पूर्व तयारीका लागि तीन स्थानमा नेपाल रेडक्रस सोसाइटी र विपद् व्यवस्थापन समितिसँग भएको ८० सेट सामग्री सुरक्षा निकायको जिम्मामा मौज्दात राखिने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार ती स्थानमा पूर्व तयारी सामग्रीमा त्रिपाल, कम्मल, भाँडाकुँडा लगायतका राहत तथा उद्धारका सामग्री मौज्दात राखिने छन् ।
त्यस्तै विपद् व्यवस्थापनको बैठकले विपद्जन्य घटनाको पूर्व तयारीका लागि विपद् व्यवस्थापन प्रतिकार्य योजना तयारी समेत गरेको छ । सबै सरोकारवालाहरूसँग छलफल गरेर बर्षायाममा हुन सक्ने घटना तथा अवरुद्ध सडक सुचारुका लागि जिल्लाको तल्लो भेगमा सडक डिभिजन र माथिल्लो क्षेत्रमा पूर्वाधार विकास कार्यालयको जिम्मा लगाएर विभिन्न ठाउँमा डोजर, स्काभेटर तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
बर्षायामको समयमा जिल्लामा सधैँ अभाव हुने खाद्यान्न तथा नुनको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्ने र
विपद्को समयमा राहत वितरण गर्नु पूर्व अनिवार्य रुपमा एकद्धार प्रणाली मार्फत जिल्ला विपद व्यवस्थापन समितिको अनुमति लिनु पर्ने निर्णय समेत बैठकले गरेको छ।
प्रतिक्रिया राख्नुहोस्