कर्णाली राजमार्ग पुन: अवरुद्ध
मुगु । अविरल बर्षाको कारण कर्णाली राजमार्ग पुन अवरुद्ध भएको छ।
अविरल बर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फा, सहितका विभिन्न स्थानहरूमा लेदो सहित ठुलठुला ढुङ्गा झरेर सोमवार बिहान बाट सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।
सडक अवरुद्ध हुने बित्तिकै स्काभेटर लगायत अन्य मेशिन ओैजारहरू प्रयोग गरी सडक खुलाउने काम समेत भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीर बहादुर जिटीले बताउनु भयो ।
एका बिहानै देखि सडक अवरुद्ध भएपछि यात्रु तथा माल बाहक गाडीहरू बिच बाटोमै रोकिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्