प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले जलवायु परिवर्तनको असरबाट विभिन्न स्थानमा पानीका मुहानहरू सुक्दै गएको र प्राकृतिक विपत्ति बढ्दै गएको भन्दै समयमै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गर्नुपर्ने, क्रिकेट खेललाई अगाडी बढाउन खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्ने र प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्व योजनाका साथ तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची पनि रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्