तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्याम्पसलाई जग्गा दान

इलाम । कोशी प्रदेशका पहाडी जिल्लाको पहिलो र एकमात्र आइ एस्सी एजी (कृषि) पढाइ हुने इलाम कृषि क्याम्पसलाई स्थानीयले जग्गा दान गर्नु भएको छ ।

इलाम नगरपालिका-९मा सञ्चालनमा रहेको इलाम सामुदायिक कृषि क्याम्पसलाई स्थानीय बसन्त खड्गीले एक रोपनी आठ आना जग्गा दान गर्नु भएको हो । आफ्ना दिवङ्गत आमा–बुबा कृष्णमाया र चन्द्रबहादुरको स्मृतिमा खड्गीले क्याम्पसलाई जग्गा गर्नु भएको हो  । क्याम्पस सञ्चालक समिति अध्यक्ष जसबहादुर लुंगेलीलाई खड्गीले मालपोत कार्यालयमा यही जेठ २५गते  जग्गा रजिस्ट्रेसन पास गरी धनी पुर्जा हस्तान्तरणसमेत गर्नुभएको हो । यो जग्गा क्याम्पसलाई भवन निर्माण गर्न उपयुक्त (टार) रहेको अध्यक्ष लुंगेलीले जानकारी दिनुभयो । उहाँले त्यही ठाउँमा क्याम्पस निर्माण गर्न थप जग्गासमेत आवश्यक परेकाले दान गर्न इच्छुकलाई अनुरोध पनि गर्नुभएको छ ।

२०७८ सालमा स्थापना भएको यस क्याम्पसमा सातै  प्रदेशका विद्यार्थीहरू रहेका छन् । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button