अत्यधिक गर्मी बढेपछि सर्लाहीका विद्यालय धमाधम बन्द हुँदै
सर्लाही । अत्यधिक गर्मी बढेपछि सर्लाहीका विद्यालय धमाधम बन्द हुन थालेका छन् ।
चर्को घाम लाग्ने र तातो हावा समेत चल्न थालेपछि बालबालिकालाई पठनपाठनमा समस्या भएको भन्दै यहाँका पालिकाहरूले धमाधम सूचना जारी गर्दै विद्यालय बन्द गर्न थालेका हुन् ।
जिल्लाको ईश्वरपुर, लालबन्दी, बरहथवा, मलंगवालगायतका विभिन्न पालिकाहरूले वर्षे बिदाबाट कट्टा हुने गरी प्रतिकुल मौसम अवधिभर विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
पालिकाले विद्यालय बन्द रहेको अवस्थामा पनि २०७३ वैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप अभियानमा सहभागी गराउन अनुरोध समेत गरेका छन् ।
यसैबीच, अत्यधिक गर्मीका कारण सर्लाहीको जनजीवन कष्टकर बन्दै गएको छ । गर्मीका कारण सर्लाहीमा पानीका मुहान समेत सुक्दै गएको ईश्वरपुर नगरपालिकाका स्थानीय युवा नाथुराम चौधरीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्