तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान दुर्घटना अपडेट : नेपाली सेनाका मेजरको मृत्यु

सल्यान ।  सल्यानमा भएको गाडी दुर्घटनामा गम्भिर घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

गएको बुधबार नेपाली सेनाको गाडी दुर्घटनामा परि गम्भिर घाइते मेजर ३५ वर्षिय ईश्वर सिलवालको मृत्यु भएको हो । सिलवालको मृत्युसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

सिलवालको काठमाण्डौ स्थित छाउनी अस्पतालमा मंगलबार राती मत्यु भएको हो । सल्यानको सिमखर्क व्यारेकबाट दाङ जादै गरेकेो लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दुर्घटना हुँदा सेनाका जमदार यादव धरेलको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button