तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा १० महिना ४० प्रतिशत  मात्र बजेट खर्च

दाङ । लुम्बिनी प्रदेश सरकारले पछिल्लो १० महिनामा ४० प्रतिशत मात्रै विकासे बजेट खर्च गरेको छ । 

आर्थिक बर्ष २०८०/ ८१ को कुल ४० अर्ब ४८ खर्ब बजेट मध्ये १६ अर्ब १९ खर्ब खर्च भएको आर्थिक मन्त्रालयका सचिव राम बहादुर केसीले बताउनु भयो  ।

आर्थिक बर्ष सकिन २ महिना बाँकी रहँदा करिब ७० देखि ८० “प्रतिशत विकासे बजेट खर्च हुनु पर्ने थियो आर्थिक वर्ष सकिन २ महिना रहँदा पुँजीगत बजेट खर्च नहुँदा त्यसले विकास निर्माणमा प्रत्यक्ष रुपमा असर पारेको सांसदहरु बताउनु  हुन्छ । 

आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले सरकारले बजेट खर्चको कार्यविधि नबनाउँदा बजेटमा समस्या आएको बताउनु भयो । 

आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले भन्नुभयो बजेट विनियोजन गर्दा आवश्यकता अनुसार विनियोजन गरियो त्यो खर्च गर्न सरकारले खर्चको कार्यविधि समयमा बनाउन नसक्दा बजेट खर्च दर अति कम भएको हो । 

पटक–पटक हुने सत्ता परिवर्तन, अस्थिर सरकारका कारण विकासे बजेट खर्च हुन नसक्नु पहिलो कारण हो भएको पनि मन्त्री आचार्यले बताउनु भयो । 

बजेट खर्चको समयमा कर्मचारीको सरुवा र कर्मचारीको आलटाल गर्ने विभिन्न कारणले बजेट खर्च हुन नसको सांसदहरुले बताएका छन् ।

महिनामा केही दिन कार्यालय आउने र बाँकी दिन बिदामा बस्ने प्रवृत्ति हाबी छ । कर्मचारीतन्त्र हाबी हुँदा यसरी विकासे बजेट खर्च नहुने समस्या व्याप्त छ । 

आफू अनुकूल नहुँदा बजेट रोक्ने, विकासे बजेटमा अनावश्यक आलटाल गर्ने जस्ता कार्यले गर्दा विकास निर्माण सुस्त छ । जनतालाई तीव्र विकास चाहिएको छ । 

तर, हरेक अल्झनले विकासे बजेट रोकिँदा जनतामा वितृष्णा पैदा हुने गरेको पाइन्छ ।  पछिल्लो समय विकासे बजेट खर्च नहुनुमा अख्तियारमा पर्ने उजुरीले पनि प्रभाव पार्ने गरेको छ । 

आफूलाई चित्त नबुझ्दै अनावश्यक बेनामे उजुरी हाल्दा पनि विकास निर्माण रोकिने गरेको एक कर्मचारीले बताए । 

काम गरे पछि अनावश्यक तनाव लिनु पर्छ त्यही भएर अधिकांश कर्मचारीहरू काम गर्न ढिलो गर्ने गरेको उपभोक्ताहरूको गुनासो छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button