एमाले भोजपुरको अध्यक्षमा मक्कर विजयी

भोजपुर । नवौं जिल्ला अधिवेशनबाट नेकपा (एमाले) भोजपुरको अध्यक्षमा मक्कर खड्का विजयी हुनुभएको छ । सर्वसम्मत हुन नसेकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारीहरू टुङ्गो लगाइएको हो ।
पार्टी अध्यक्षका लागि एउटै समितिका निर्वतमान अध्यक्ष शरण कुमार राई र उपाध्यक्ष खड्का पक्ष बीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनको मत परिणाम अनुसार राईको प्यानललाई हराउँदै खड्काको प्यानलले आगामी कार्यकालका लागि नेतृत्व पाएको हो ।
अध्यक्षमा निर्वाचित खडकाले तीन सय १७ मत पाउँदा राईले दुई सय २३ पाउनु भयो । दुवै बीचको मत अन्तर ९४ रहेको छ । उपाध्यक्षमा किरण राईले तीन सय ११ मत ल्याउनुभयो भने कृपाशुर शेर्पाले दुई सय १६ भोट पाउनुभयो । यस्तै सचिवमा तीन सय ४७ मत ल्याएर एक्सन राई विजयी हुँदा प्रतिस्पर्धी ज्ञानेन्द्र कार्कीले एक सय ६८ मत पाउनुभयो । राई पत्रकार महासङ्घ भोजपुरका अध्यक्ष पनि हुनुहुन्छ ।
उपसचिवमा तीन सय चार मत ल्याएर दौलथ कुलुङ राई विजयी बन्नुभयो भने जगतबहादुर चौहानको एक सय ७३ मत मात्र पाउनुभयो । अर्का प्रतिस्पर्धी साइती राईको ११ मत मात्र आएको छ । पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट जिल्लाको साल्पासिलिछो गाउँपालिका अध्यक्ष हुनु भएका कुलुङ पुन एमाले फर्कनु भएको हो ।
महिला उपसचिवमा रमादेवी राईले दुई सय ९३ भोट ल्याउँदा मेरिका राईले दुई सय १६ मत ल्याउनुभयो । नयाँ नेतृत्व चयनका लागि छ सय आठ जना प्रतिनिधि छनौट गरिएकोमा पाँच सय ७३ मत खसेको थियो । निर्वाचनबाट प्रदेश मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शेरधन राई पक्षधर विजयी बनेको हो ।








प्रतिक्रिया राख्नुहोस्