तपाईँ सुन्दै हुनुहुन्छः

सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको छ । 

उक्त आगलागी नियन्त्रणका लागि अहिले दमकल पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सशस्त्र प्रहरीको सामान राख्ने (स्टोर रुममा) घरमा आगलागी भएको भन्ने खबर आएको छ, आगलागीको कारण भने खुलेको छैन, विस्तृत विवरण आउन बाँकी रहेको छ ।”

दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button