शिक्षक र व्यवस्थापन समितिका सदस्यले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने
तुलसीपुर (दाङ) । तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ । वडा नं ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक अभिभावक सङ्घमा आबद्ध तथा शिक्षकले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।
समितिको आइतबार बसेको निर्णयअनुसार सन्तानलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमै पढाउनुपर्नेछ । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि समिति, शिक्षक तथा सङ्घमा आबद्धहरूले सोही विद्यालयमा पढाउनुपर्ने निर्णय भएको बताउनुभयो । यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने प्रधानाध्यापक पौडेलको विश्वास छ । साथै आगामी शैक्षिक सत्रदेखि तीन विषयमा ‘ग्रेस माक्र्स’ थप गरी कक्षा चढाउने परम्परालाई पनि बन्द गर्ने विद्यालयले निर्णय गरेको छ ।
विद्यार्थीलाई सक्षमताका आधारमा कक्षा वृद्धि गर्दा नै त्यसले शैक्षिक उपलब्धि हासिल हुने प्रधानाध्यापक पौडेलले बताउनुभयो । तीन माध्यममा पढाइ विद्यालयले आगामी वर्षदेखि तीन तहमा पठनपाठन गराउनेसमेत तयारी गरेको छ । नेपाली, अङ्ग्रेजी र विशिष्ट खालको अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनेसमेत प्रधानाध्यापक पौडेलले बताउनुभयो । उहाँले शिशु, एलकेजी र युकेजीमा २५÷२५ जना, कक्षा १ देखि ५ सम्म ३०÷३० जना र ६ देखि माथि ४०÷४० जनालाई त्यस्तो शिक्षा दिने तयारी रहेको उहाँको भनाइ छ । विशिष्ट खालको अङ्ग्रेजी पढाइका लागि कक्षा ६ देखि माथिका विद्यार्थीलाई मासिक एक हजारदेखि एक सय पाँच सयसम्म शुल्क लिने गरी तयारी गरिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
विशिष्ट खालको कक्षाका लागि एसी, एडभान्स ल्यापटपसहितको व्यवस्थापन गरिएको छ खेलमा पनि सक्रिय उक्त विद्यालय खेल क्षेत्रमा पनि सक्रिय छ । कराते, तेक्वान्दो, भलिबल, एथ्लेटिक्स, फुटबलको प्रशिक्षक राखेर खेल खेलाउने गरिएको छ । त्यसले परिणाम दिन थालेकोसमेत प्रधानाध्यापक पौडेलले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा सङ्गीतको कक्षा चलिरहेको छ । जसबाट विद्यार्थीले सङ्गीत गरेर आम्दानी पनि गरिरहेका छन् ।
पठनपाठनका लागि डायरी सिस्टम लागू भएको छ । जसमा कुन शिक्षक कति बजे पढाउन गएको, कति बजे निस्केको, कति बुझेकोजस्ता कुराहरू त्यो डायरीमा टिप्ने उहाँले बताउनुभयो । पाँच प्राविधिक विषय पनि अध्ययन विद्यालयमा पाँच वटा प्राविधिक कक्षा पनि सञ्चालन भइरहेका छन् । जेयोमेटिक डिप्लो, आइटी डिप्लोमा, इलेकट्रिकल ९–१२, इलेकट्रिकल र आइटीमा २४ महिने कक्षा सञ्चालन भइरहेका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा विज्ञान विषय पनि पठनपाठन गराउने तयारी रहेको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्