तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर २ बालकको मृत्यु

धनकुटा । धनकुटामा पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका–१० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका–१० का ११ वर्षीय मनिश खतिवडा र धनकुटा नगरपालिका–९ का १५ वर्षीय दिपेश ओझा रहेको प्रहरीले जनाएको छ ।

बालक कसरी डुबे भन्नेबारे स्थानीयहरूबिच विवाद भएकाले घटनास्थल सुरक्षित राखी अनुसन्धान भइरहेको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button